राजनीति


सुशासन ठयाक्कै रोड बनाएजस्तो हुँदैन, रातारात आउँदैनः सञ्चारमन्त्री खरेल

सुशासन ठयाक्कै रोड बनाएजस्तो हुँदैन, रातारात आउँदैनः सञ्चारमन्त्री खरेल

नेपालखबर
असोज ७, २०८२ मंगलबार १७:२२, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले आगामी फागुन २१ हुने निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउने बताएका छन्।

मंगलबार हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले सरकारको मुख्य काम सो निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउनु रहेको बताए।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गराउने दायित्व पनि सरकारको रहेको सञ्चारमन्त्री खरेलको भनाई थियो।

उनले सो निर्वाचनको वातावरण बनाउनका लागि निर्वाचन आयोगलाई आवश्यक सबै व्यवस्था मिलाउने काममा पनि सरकारले ढिलाई नगर्ने स्पष्ट पारे।

उनले भने, ‘फागुन २१ गते शान्तिपूर्ण, स्वतन्त्र र धाँधलीरहित चुनाव गराउनका लागि वातावरण तयार गर्ने। र निर्वाचन आयोगलाई जस्तो जस्तो वातावरण चाहिन्छ, त्यो वातावरण सरकारले मिलाई दिन्छ। र सबैले चुनावमा भाग लिनसक्ने वातावरण तयार गर्ने सरकारको दायित्व हो। त्यसलाई सरकारले अर्जुन दृष्टिमा राखेको छ।’ 

उनले जेनजी आन्दोलनको क्रममा भएका भएको सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको यकीन गरी त्यस कार्यमा संलग्नमाथि छानबिन गरी सरकारले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। 

मन्त्री खरेलले सरकारले सार्वजनिक सेवा प्रवाहको कामलाई चुस्तदुरुस्त बनाउने र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने पनि बताए।

उनले भने, ‘जेन—जी आन्दोलनले उठाएको माग भनेको सुशासनको कुरा हो। भ्रष्टाचार नियन्त्रणको कुरा हो। विधिको शासन हो। चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाहको कुरा हो। त्यो कुराहरू रातारात हुने भन्ने हुँदैन। तर महशुस हुने गरेर काम हुन्छ। सुशासन भनेको ठयाक्कै रोड बनाएजस्तो त हुँदैन। तर जनताले महशुस हुने गरेर अगाडि बढ्ने र तेस्रो यो जति क्षति भएको छ। त्यसको छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउने सरकारको प्राथमिकता हो। मुख्य काम सरकारको यही हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad