कारोबार


अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियालको मूल्य स्थिर

अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियालको मूल्य स्थिर

नेपालखबर
असोज १७, २०८२ शुक्रबार ५:३१, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (असोज १७, शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियालको मूल्य स्थिर बस्दा युरोपियन युरो, स्विस फ्रयाङ्क, सिंगापुर डलर, जापानी येनको मूल्य बढेको छ भने अस्ट्रेलियन डलर, क्यानेडियन डलरको भाउ केही घटेको छ। 

आज निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा छ। हिजो बिहीबार पनि यस्तै थियो।  

यस्तै आज युरोपियन युरो १ को खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १३ पैसा कायम गरिएको छ। बिहीबारको तुलनामा यसको भाउ केही बढेको हो। बिहीबार युरोपियन युरो १ को खरिददर १६६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९० पैसा थियो। 

यूके पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ ८२ पैसा र बिक्रीदर १९१ रुपैयाँ ६३ पैसा कायम गरिएको छ। बिहीबारभन्दा यसको मूल्य केही घटेको हो। बिहीबार यूके पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ ९५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ७६ पैसा थियो। 

यस्तै आज स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६९ पैसा कायम गरिएको छ। यसको भाउ भने बिहीबारको तुलानामा केही बढेको हो। बिहीबार स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ५० पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा थियो। 

आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा कायम गरिएको छ। बिहीबारको तुलनामा यी विदेशी डलरको मूल्य केही घटेको हो। बिहीबार अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७० पैसा र बिक्रीदर ९४ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०२ रुपैयाँ १० पैसा थियो। 

सिंगापुर डलरको भाउ भने बिहीबारको तुलनामा बढेको छ। आज सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ०४ पैसा र बिक्रीदर ११० रुपैयाँ ५० पैसा तोकिएको छ। बिहीबार सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३६ पैसा थियो। 

आज (शुक्रबार) जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा कायम गरिएको छ। बिहीबारको तुलनामा केही बढेको हो। बिहीबार जापानी येन १० को खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा थियो। 

चिनियाँ युआनको भाउ भने स्थिर बसेको छ। अर्थात् आज पनि चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ। हिजो बिहीबार पनि यत्ति नै थियो। 

आज साउदी अरेबियन रियालको मूल्य पनि स्थिर बसेको छ। आज पनि साउदी अरेबियन रियालको १ को खरिददर ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा नै कायम छ। बिहीबार पनि यही थियो।  

आज कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०२ पैसा कायम भएको छ। बिहीबार भने कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा थियो। 

बाँकी विदेशी मुद्राको विनिमय दर तल सूचीमा हेर्नुहोस्:

बिहीबार यस्तो थियोअमेरिकी डलरसहित यी विदेशी मुद्राको मूल्य घट्दा केहीको बढ्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad