भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १७ र १८ गतेको अविरल वर्षापछिको बाढीबाट १० करोड रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ।
मन्त्रालयका अनुसार नदी कटान, डुबान तथा बाढीले नदी नियन्त्रणतर्फ करिब १५ सय मिटर तटबन्ध कटान भई उक्त क्षति पु¥याएको हो।
मन्त्रालयले क्षतिको प्रारम्भिक विवरण समेत सार्वजनिक गरेको छ।
यस्तो छ क्षतिको विवरण
- कन्काई नदीले गौरीगञ्ज २ झापामा हुलाकी राजमार्गको तल्लो तटिय दायाँ किनारमा करिब २०० मीटर तटबन्धन कटान गरी होकलबारी गाउँको करिब ११४ घर बारी डुबान भएको र ५०० हेक्टर धान खेतमा क्षति साथै झापा गा पा २ को कुवाडीमा अनुमानित २०० मीटर तटबन्ध कटान गरी करिब २५ हेक्टरमा क्षति भएको । अनुमानित क्षतिको लागत रु ७५ लाख
ख) सिँचाइतर्फ
- सिँचाइ प्रणालीहरुको बाँध क्षेत्रमा नदीहरुमा आएको बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, Undersluice, मूल नहर र शाखा नहरहरुका गेटहरुलाई समयमा नै गेट अपरेसन गरेको हुँदा सिँचाइ प्रणालीहरुमा उल्लेख्य क्षति नभएको।
- झाँज सिँचाइ प्रणालीको ब्यारेज भन्दा २०० मिटर माथिल्लो तटीय क्षेत्रको दायाँ गाइड बन्डबाट ओभरफ्लो भई मोहमदपुर गाउँ डुबान भएको।
- सुनसरी मोरङ्ग, बाग्मती र नारायणी सिंचाइ आयोजनाहरुको सिञ्चित क्षेत्रभित्र रहेका खोला खोल्साहरुले खेतीयोग्य जमिनमा कटान गरेको प्रारम्भिक आकलन रहेको ।
- सुनकोशी नदीमा आएको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देशिय आयोजना अन्तर्गतको निर्माणाधिन बाँध स्थल डुबान भएको । कफर ड्याम लगायत निर्माणाधिन संरचनाहरुको अवस्था एकिन हुन नसकेको ।
ग) पहिरोतर्फ
- १. इलाम, पाँचधर, ताप्लेजुङ्ग लगायत कोशी र बागमती प्रदेशका पहाडी जिल्लाहरुमा पहिरोका घटनाहरु भएको र सोको विवरण प्राप्त हुन बाँकी ।
48
Shares

प्रतिक्रिया