सेयरबजार दोहोरो अंकले घटेको छ।
कारोबार मापन गर्ने नेप्से सूचक १९.४३ अंकले ओरालो लागेर २५२८.१६ विन्दुमा पुगेको हो।
सूचकसँगै कारोबार पनि सुस्ताएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार ७४ लाख कित्ता सेयर बिक्री भएको छ। यसमा कुल ३ अबृ ३६ करोडको कारोबार भएको छ।
मंगलबार ३३ वटा सेयरको मूल्य बढ्दा २१४ वटाको घटेको र ५ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। बजार सुस्तताका बाबजुद दुईवटा सेयरमा भने सकारात्मक सर्किट लागेका छन्।
नेप्सेका अनुसार शुभम् पावर लिमिटेड र ग्रामीण विकास लघुवित्तको सेयर १० प्रतिशतले बढेको हो। यसबाहेक क्रेस्ट माइक्रो लाइफ, विन्ध्यवासिनी हाइड्रो र सुपरमाई हाइड्रोको सेयर क्रमशः ५.८६, ५.३१ र ४.८४ प्रतिशतले बढेको छ।
तर समाज लघुवित्तको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। योसँगै सेयरधनीले प्रतिकित्ता २५७.३० रुपैयाँ नोक्सानी व्यहोरेका छन्। यसबाहेक सामुदायिक लघुवित्त, माई खोला हाइड्रो, एसियन हाइड्रो र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर पनि अधिकतम ७.५४ प्रतिशतसम्मले घटेको छ।
सर्वाधिक कारोबार भने नेपाल पुनर्बीमा कम्पनीले गरेको छ। कम्पनीको ३२ करोडको कारोबार भएको हो। यसबाहेक हिमालयन रिइन्स्योरेन्सको १६ करोड, सीईडीबी होल्डिङ १२ करोड, युनियन हाइड्रो १० र शिवम् सिमेन्टको ८ करोडको कारोबार भएको छ।
सामूहिक लगानी, अन्य र व्यापार सूचक हरियो हुँदा मंगलबार बाँकी सबै उपसूचक राताम्य छन्।
Shares

प्रतिक्रिया