हावाहुरीसँगै आएको असिना पानीले धनुषाको बटेश्वर गाउँपालिमा करोडौं मूल्य बराबरको क्षति गरेको छ। शुक्रबार दिउँसो परेको असिनापानीले बटेश्वर गाउँपालिका १ चित्रपुरमा झण्डै साढे ३ सय घरधुरीको घरको छानोमा हालेको टालि फुटेको वडाध्यक्ष शैलेन्द्र महतोले जानकारी दिए।
तीन÷चार सय ग्राम तौलसम्मको असिना परेका कारण चित्रपुर गाउँको टालि भएको सबै घरको छानो फुटेको उनको भनाइ छ।
असिनाले आँप खेतीमा करोडौंको क्षति पुर्याएको छ। चित्रपुर आँप खेतीमा धनुषाको प्रसिद्ध गाउँको रुपमा रहेको छ। यहाँबाट वर्षेनी पाँच करोड भन्दा बढीको आँप उत्पादन हुने गरेको वडाध्यक्ष महतोको भनाइ छ।
आँपको मजरमा भर्खर टिकुला पलाएकै बेला आएको ठुल्ठुलो असिनाले आधा आँपको टिकुला सखाप भएकाले झण्डै अढाई करोड भन्दा बढीको क्षति गरेको उनले बताए।

प्रतिक्रिया