श्रीलंकाले नेपालमा पढिरहेका ७४ विद्यार्थीलाई स्वदेश फिर्ता लगेको छ। पोखराको मणिपाल शिक्षण अस्पतालमा पढिरहेका उनीहरुलाई शुक्रबार फिर्ता लगेको हो।
नेपालस्थित श्रीलंकाली दूतावासले ७४ विद्यार्थी श्रीलंकन एयरमार्फत स्वदेश लगिएको उल्लेख गरेको छ। दूतावासले आफ्ना विद्यार्थी फिर्ता लैजान सहयोग गरेको भन्दै शिक्षण संस्था र नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेको छ।
श्रीलंकन एयर त्रिभुवन विमानस्थलबाट कोलम्बोको लागि मध्याह्न साढे १२ बजे उडान गरेको विमानस्थलले जानकारी दिएको छ।

प्रतिक्रिया