कारोबार


१८ अंकले घटेर बन्द भयो बजार, ३ अर्ब २७ करोडको कारोबार

१८ अंकले घटेर बन्द भयो बजार, ३ अर्ब २७ करोडको कारोबार

नेपालखबर
असोज ३०, २०८२ बिहिबार १५:८, काठमाडौँ

सेयरबजार २५ सय विन्दुबाट पनि झरेको छ। 

नेप्से बिहीबार १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा पुगेको हो। 

७६ लाख कित्ता सेयर बिक्रीपछि कारोबार रकम ३ अर्ब २७ करोडमा समेटिएको छ। 

यस दिन १९७ वटाको मूल्य घट्दा ४५ वटाको बढेको र ९ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। 

आज बढेकामा हिमालयन पावर पार्टनरको ९.९३ प्रतिशतले उकालो लागे पििन बाँकी सेयरहरु ५.६९ प्रतिशतसम्म मात्र बढेका छन्। यसबाहेक समाज लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ भने बाँकी सेयरहरु ७.३३ प्रतिशतसम्मले घटेको नेप्सेले जनाएको छ। 

कारोबार रकम पनि सुस्ताउँदै गएको छ। सर्वाधिक कारोबार गरेको मुक्तिनाथ विकास बैंकको १५ करोड, नेपाल पुनर्बीमा १३ करोड र शिवम् सिमेन्टको ११ करोडको खरिदबिक्री भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad