राजनीति


जनमत पार्टी विभाजनविरुद्ध सर्वोच्चमा सीके राउतको रिट

जनमत पार्टी विभाजनविरुद्ध सर्वोच्चमा सीके राउतको रिट

नेपालखबर
असोज ३०, २०८२ बिहिबार १५:८, काठमाडौँ

जनमत पार्टी विभाजनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। जनमतका अध्यक्ष सीके राउतले राजनीतिक दलसम्बन्धि ऐन निष्क्रिय भएको समयमा दल विभाजन नै हुन नसक्ने भन्दै रिट दायर गरेको जानकारी दिए। 

'अहिले दल विभाजनको ऐन नै निष्क्रिय छ। त्यसमाथि पार्टीले कारबाही गरिसकेका व्यक्तिको हस्ताक्षर प्रयोग गरेर दल विभाजन गरिएको छ,' राउतले नेपालखबरसँग भने, 'हामीले कारबाही गरेका व्यक्तिबारे आयोगलाई यसअघि नै जानकारी गराइसकेका थियौँ। अनि उनीहरूकै हस्ताक्षरमा दल विभाजन हुन्छ त? त्यसैले आज रिट दायर गरेँ।'

राउतले निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट दायर गरेको जनाएका छन्।  

उपाध्यक्ष रहेका दीपककुमार साहसहितले जनमत पार्टी फुटाएर जनस्वराज पार्टी गठन गरेका छन्। 
राउतको रिटको पेसी शुक्रबारलाई तोकिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad