कारोबार


अमेरिकी डलर, युरो र बहराइन दिनारको मूल्य थप घट्यो, पाउन्डको बढ्यो

अमेरिकी डलर, युरो र बहराइन दिनारको मूल्य थप घट्यो, पाउन्डको बढ्यो

नेपालखबर
असोज ३१, २०८२ शुक्रबार ५:१६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अस्ट्रेलियन डलर, युरो, अमेरिकी डलर, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलर, युरो र बहराइन दिनारको मूल्य हिजो पनि घटेको थियो।

तर, पाउन्ड कुवेती दिनारसहित केही मुद्रा भने महँगिएका नेपाल राष्ट्र बैंकले जनाएको छ। 

आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा थियो। 

त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०१ पैसा छ। हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ६७ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०७ पैसा थियो। 

त्यसैगरि आज कुवेती दिनार १ को खरिदर चार सय ५८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४६० रुपैयाँ ४० पैसा छ। हिजो कुवेती दिनार १ को खरिदर चार सय ५८ रुपैयाँ १६ पैसा र बिक्रीदर ४६० रुपैयाँ १२ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ५५ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६४ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad