सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन ब्रिज डिभिजनले आधा दर्जन निर्माणाधीन झोलुंगे पुलको ठेक्का तोड्न सूचना जारी गरेको छ।
२०७५ देखि २०७८ सम्म निर्माण सकिइसक्नुपर्ने पुलहरुको ठेक्का तोड्ने तयारी गरिएको हो।
आइतबार प्रकाशित सूचनाअनुसार पटक पटक गरिएको लिखित र मौखिक अनुरोधको बेवास्ता भएकाले ठेक्का किन नतोड्ने भनी सूचना निकालिएको विभागले उल्लेख गरेको छ।
काम नभएका पुलहरुमा पिलम्पा झोलुंगे पुल खोटाङ, क्योग्मा झोलुंगे पुल गोरखा, कमल खोला दोभान झोलुंगे पुल झापा, बिरिङ बाह्रदशी झोलुंगे पुल झापा, बुवा खोला झोलुंगे पुल खोटाङ, सुनकोशी दिप्रुङ झोलुंगे पुल खोटाङ, उदयपुर र थुमी बुधेगरा झोलुंगे पुल गोरखा, लिखु धुनिबेसी झोलुंगे पुल धादिङ रहेका छन्।

42
Shares

प्रतिक्रिया