कारोबार


व्यावसायिक वातावरणको पहल गरेको भन्दै महासंघले दियो सरकारलाई धन्यवाद

व्यावसायिक वातावरणको पहल गरेको भन्दै महासंघले दियो सरकारलाई धन्यवाद

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १७:५४, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायिक वातावरणको लागि पहल गरेको भन्दै सरकारलाई धन्यवाद दिएको छ। 

अनुकूल व्यवसायिक वातावरण तयार गर्न जिल्ला सुरक्षा समितिका पदाधिकारी समेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य संघ लगायत व्यवसायीहरूको सहभागितामा बैठक बसेको थियो। 

त्यसका लागि आवश्यक समन्वय गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई बिहीबार गृहले परिपत्र गरेको छ।

आफ्नो आग्रहमा सुरक्षा प्रत्याभूतिका गर्न सरकारले गरेको उक्त निर्णयका लागि महासंघले गृह मन्त्रालयप्रति आभार व्यक्त गरेको हो। 

महासंघले निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिको सहभागिताका लागि कात्तिक २ गते गृह मन्त्रालयमा पत्राचार गरेको थियो। 

महासंघले सबै तहमा सरकार निजी क्षेत्र समन्वय र मुख्य गरी जिल्ला स्तरिय सुरक्षा योजना, जोखिम मुल्यांकन र आकस्मिक निर्णय प्रक्रियामा पनि व्यवसायिक समुदाय प्रत्यक्ष सहभागिता सुनिश्चितताको लागि आग्रह गरेको थियो।

केन्द्र, प्रदेश, जिल्ला र स्थानिय तहमा सरकार र निजी क्षेत्रवीच समन्वय संयन्त्रको आवश्यकता महशुस गरिएको अवस्थामा सरकारको यो निर्णयले व्यवसायिक मनोबल बढाउन सरकार र निजी क्षेत्रवीच समन्वय एवं सहकार्यमा सहजता थप्ने महासंघले जनाएको छ। 

‘यस निर्णयबाट व्यवसायीको मनोबल बढन गै अर्थतन्त्र चलायमान हुने विश्वास हामीले लिएका छौँ’, महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठले भने, ‘यसका लागि हामी नेपाल सरकार गृह मन्त्रालयलाई धन्यवाद दिन चाहन्छौँ।’

यसैबीच महासंघले सरकारको निर्णयअनुसार जिल्लास्थित उद्योग वाणिज्य संघहरुलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी आवश्यक समन्वय गर्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad