सेयरबजार आज ८.२४ अंकले घटेको छ।
नेप्से उक्त अंकले घटेर २६२२.८९ विन्दुमा रोकिएको हो।
योसँगै बजारमा ६ अर्बको खरिदबिक्री भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार १ करोड २१ लाख कित्ता सेयर बिक्रीमा यो परिमाणको कारोबार भएको हो।
यस दिन ७२ वटा सेयरको मूल्य बढ्दा १७२ वटाको घटेको र ५ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।
मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयर ९.९९ र ९.९८ प्रतिशतले बढ्दा नेपाल एसबीआई ऋणपत्र ७.०८ प्रतिशत, एभरेष्ट बैंक इनर्जी बन्ड ५.१२ प्रतिशत र ज्योति विकास बैंक बन्ड ४.८४ प्रतिशतले बढेको छ।
यता इस्टर्न हाइड्रोपावर लिमिटेडको सेयरमा भने आज १० प्रतिशत गिरावट आएको छ। कारोबारमा आज शिवम् सिमेन्ट अगाडि छ। कम्पनीको ३७ करोडको कारोबार भएको हो। यसबाहेक एनआरएन इन्फ्रास्ट्रक्चरको ३३ करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया