कारोबार


राष्ट्र बैंकको कारबाहीमा परे कुमारी र प्राइम कमर्सियल बैंक

राष्ट्र बैंकको कारबाहीमा परे कुमारी र प्राइम कमर्सियल बैंक

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार १२:२८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको छ।

कुमारी बैंकले कालोसूचीमा रहेका व्यक्ति,फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसमम आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक कुनै कारोबार गर्न नपाउने व्यवस्थाविरुद्ध कार्य गरेकोले राष्ट्र बैंकले कारबाही गरेको जनाएको हो।

केन्द्रीय बैंकले कुमारीलाई कारबाहीस्वरूप पहिलोपटकका लागि सचेत मात्रै गराएको छ। 

यस्तै प्राइम कमर्सियल बैंकले भने राष्ट्र बैंकको निर्देशनविरुद्ध कर्जाको भाखा नाघेको अवधिको आधारमा कर्जा वर्गीकरण नगरेको तथा कर्जा बक्यौताको अवधिको आधारमा समेत कर्जा जोखिम नोक्सानी व्यवस्थापन नगरेको र जोखिमभार गणनामा पनि त्रुटि भएकोले सचेत गराइएको छ। 

राष्ट्र बैंकले प्राइमलाई पनि पहिलो पटक सचेत मात्रै गराएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad