कारोबार


प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ

प्रभु बैंकलाई १ अर्ब बढी हानि पुर्‍याएको आरोप
प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ

नेपालखबर
मंसिर २४, २०८२ बुधबार १७:५२, काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुजित शाक्यलाई पक्राउ गरेको छ।

नियमविपरीत सुपर एजेन्ट बनाई रेमिट्यान्स कारोबार गर्न प्रभु म्यानेजमेन्ट प्रालिलाई एड्भान्स रकम दिएको र उक्त प्रभु म्यानेजमेन्ट प्रालिसँग रेमिट कारोबार स्थगित भएपछि नेपाल राष्ट्र बैंकको निर्देशन तथा कानुन विपरीत लामो समयसम्म स्वार्थसमूहलाई उक्त रकम प्रयोग गर्न दिएको उनीमाथि आरोप छ। 

सीआईबीका अनुसार प्रभु बैंकलाई ८ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ  हानि पुर्याएको तथा सोही अपराधलाई लुकाउन कर्जा प्रवाह गरी गराई कर्जा दुरुपयोग गर्ने / गराउने कार्यमा संलग्न प्रभु बैंकका सीईओ अशोक शेरचन समेत उपर बैंकिङ कसुरमा अनुसन्धान भइरहेको छ। साथै रेमिट कारोबार गर्ने क्रममा प्रभु बैंकलाई हानि र आफ्नो स्वार्थसमूहअन्तर्गतको प्रभु मनि ट्रान्सफरलाई फाइदा हुने गरी रेमिटबापतको प्रिफन्डिङ दिनसक्ने कानुनी व्यवस्थाको दुरुपयोग गरेको शाक्यमाथि आरोप छ।

प्रिफन्डिङको नाममा नियमविपरीत रकम दिई सो बापत नियमानुसार ब्याज समेत नलिई प्रभु बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी रकम हानि पुऱ्याएको समेत प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको सीआईबीले जनाएको छ। 

उनीविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको थप कसूरमा अनुसन्धान भइरहेको छ। उनी ललितपुर जिल्ला ललितपुर महानगरपालिका १७, कनिवहालका हुन्। शाक्यलाई उच्च अदालत, पाटन, ललितपुरबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिई आजै ललितपुर महानगर ११ ईखांछेबाट पक्राउ गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad