कारोबार


बजारमा २०० वटा सेयरको मूल्य घट्यो

बजारमा २०० वटा सेयरको मूल्य घट्यो

नेपालखबर
पुस ७, २०८२ सोमबार १५:१२, काठमाडौँ

सेयरबजार झन् झन् सुस्ताएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार १३.८८ अंकले नेप्से घटेर २५८१.२१ विन्दुमा पुगेको हो। 

बजार घटेको दिन ५४ वटा सेयरको मूल्य बढे पनि २ सय वटाको घटेको छ। त्यस्तै पाँचवटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। 

सोमबार ९१ लाख कित्ता सेयर लगानीकर्ताले बिक्री गरेका थिए। सो बिक्रीपछि कुल ३ अर्ब ५१ करोडको कारोबार भएको हो। यस दिन बढेकामध्ये एसवाई प्यानलका लगानीकर्ताले ९.९९ प्रतिशत कमाए पनि अन्य लगानीकर्ताले अधिकतम ६.०१ प्रतिशतसम्म मात्रै प्रतिसेयर आम्दानी गरेका छन्। 

घटेकामध्ये मानुषी र लक्ष्मी लघुवित्तका सेयरधनीले क्रमशः ६.८४ प्रतिशत र ५.५८ प्रतिशत प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। बाँकी सेयरधनीले अधिकतम साढे ५ प्रतिशतसम्म नोक्सानी व्यहोरेको नेप्सेले जनाएको छ। 

आज लुम्बिनी विकास बैंकको सर्वाधिक १० करोडको खरिदबिक्री भए पनि बाँकी कम्पनीको त्यति पनि हुनसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad