कारोबार


सेयरबजारमा ‘करेक्सन’, ४ अर्ब ७७ करोडको कारोबार

सेयरबजारमा ‘करेक्सन’, ४ अर्ब ७७ करोडको कारोबार

नेपालखबर
पुस १४, २०८२ सोमबार १५:१५, काठमाडौँ

सेयरबजारमा दोस्रो कारोबार दिन आज १०.५३ अंकको करेक्सन आएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार ४७ अंकले बढेको बजार सोमबार उक्त अंकले घटेर २६२२.८८ विन्दुमा थामिएको हो। 

यस दिन ४ अर्ब ७७ करोडको कारोबार भएको छ। कुल १ करोड कित्ता बिक्रीपछि यो परिमाणमा खरिदबिक्री भएको हो। कारोबारमा ८५ वटाको मूल्य बढ्दा १६५ वटाको घटेको छ भने नौवटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। 

बढेकामध्ये आज एसवाई प्यानलका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर ८० रुपैयाँले बढेको छ। त्यसैगरी ग्लोबल आईएमई समुन्नत योजना २ का लगानीकर्ताले पनि प्रतिकित्ता ०.९२ रुपैयाँ आम्दानी गरेका छन्। यसबाहेक कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सय रुपैयाँ कमाउँदा सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीले ५२.४० रुपैयाँ र ग्रिन डेभलपमेन्ट बैंकका सेयरधनीले ६५ रुपैयाँ आर्जन गरेका छन्। 

आज पनि विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ। यो गिरावटसँगै सेयरधनीले १६६.२० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। यसबाहेक अन्य सेयरहरु भने अधिकतम ३.८३ प्रतिशतसम्मले घटेको नेप्सेले उल्लेख गरेको छ। 

कारोबारमा आज एसवाई प्यानल अगाडि छ। कम्पनीको २३ करोडको कारोबार भएको हो। यसबाहेक मञ्जुश्री फाइनान्स १७ करोड, शिवम् सिमेन्ट १३ करोड, ङादी ग्रुप पावर १२ करोड र हिमालयन रिइन्स्योरेन्सको १० करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad