सेयरबजारमा आज दुईवटा सेयरमा पोजिटिभ सर्किट ब्रेक भएको छ।
५.३८ अंकले हरियो बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले बढेको हो।
योसँगै दुई कम्पनीका लगानीकर्ताले बुधबार क्रमशः प्रतिकित्ता १९९.७० रुपैयाँ र २७.७० रुपैयाँ आम्दानी गरेका छन्। यसबाहेक मिथिला लघुवित्त, पिपुल्स पावर लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोका सेयरधनीले पनि क्रमशः ९.५१, ९.२२ र ९.०४ प्रतिशत कमाएका छन्।
बुधबार १४१ वटा सेयरको मूल्य बढेको हो।
त्यसैगरी गुडविल फाइनान्सको डिबेन्चर भने ८.०७ प्रतिशतले घटेको छ। यसबाहेक नारायणी डेभलपमेन्ट बैंक ४.६० प्रतिशतले र बाँकी कम दरले घटेका छन्। यस दिन ११२ वटा सेयरको मूल्य घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
कारोबारमा आज आँखुखोला जलविद्युत् कम्पनीको ८३ करोडको खरिदबिक्री भएको छ। यसबाहेक राधी विद्युत्को ५४ करोडको किनबेच हुँदा एसवाई प्यानल ४९ करोड, युनाइटेड मोदी हाइड्रोपावर ४८ करोड र रिभर फल्स पावरको ३० करोडको कारोबार भएको छ।
बुधबार लगानीकर्ताले कुल ११ अर्ब ४९ करोडको खरिदबिक्री गरे। कुल २ करोड ३६ लाख कित्ता किनबेचमा यो कारोबार भएको हो। आज वाणिज्य बैंक, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा सामान्य घटे पनि बाँकी हरियो रहेका छन्।
Shares

प्रतिक्रिया