आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको छ।
हिजो सुनचाँदीकै मूल्य वृद्धि भएको थियो।
हिजो तोलामा ४३ सय बढेर तीनलाख चार हजार सातसय रुपैयाँ पुगेको सुनको भाउ आज सोही मूल्यमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको सोमबारदेखि बुधबारसम्म लगातार घट्दै आएको सुनको भाउ हिजो बढेको थियो।
गएको मंगलबार तोलामा नौसय रुपैयाँ घटेको सुनको भाउ सोमबार पनि तोलामा तीन हजार रुपैयाँ घटेको थियो।
गएको बिहीबार र शुक्रबार पनि सुनको भाउ घटेको थियो। आइतबार भने सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको थियो।
गएको माघ १५ गते तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर पाँच हजार ५० रुपैयाँमा झरेको छ।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
Shares

प्रतिक्रिया