आइतबार बढेको सुनचाँदीकै मूल्य आज घटेको छ। सुनको मूल्य आज तोलामा ३७ सय घटेर तीन लाख १३ हजार २ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार तोलामा ३५ सय बढेर सुनको भाउ तीन लाख १६ हजार नौसय पुगेको थियो।
गएको शुक्रबार सुनको भाउ तोलामा ४२ सय रुपैयाँ घटेर तीन लाख १३ हजार चारसयमा झरेको थियो।
गएको बुधबार पनि सुनको भाउ तोलामा ११ हजार रुपैयाँ घटेको थियो। दुई दिनमा १५ हजार दुईसय रुपैयाँ घटेको सुनको भाउ आइतबार भने बढेको थियो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँ घटेको छ।
मूल्य घटेर आज चाँदीको भाउ तोलाको पाँच हजार ४ सय १० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
Shares

प्रतिक्रिया