कारोबार


चुनावी परिणामको असर : सेयरबजारमा लाग्यो तेस्रो सर्किट, आजका लागि कारोबार बन्द

चुनावी परिणामको असर : सेयरबजारमा लाग्यो तेस्रो सर्किट, आजका लागि कारोबार बन्द

नेपालखबर
फागुन २५, २०८२ सोमबार १२:७, काठमाडौँ

सेयरबजार तेस्रो पटक पनि सर्किट लागेर आजका लागि कारोबार बन्द भएको छ।

नेप्से सूचक ६ प्रतिशतको वृद्धि भएसँगै कारोबार बन्द गरिएको हो।

चुनावपछिको पहिलो कारोबारमा बजारमा लगातार तेस्रो पटकसम्म सर्किट लागेको हो। कारोबार खुलेको १ मिनेटमै ४ प्रतिशत नेप्से बढेपछि पहिलो सर्किट लागेर २० मिनेटका लागि बन्द भएको थियो। 

त्यसपछि पुन ११ बजेर २१ मिनेटमा पुन ५ प्रतिशतले नेप्से बढेर बजारमा दोस्रो सर्किट लागेको थियो। दोस्रो सर्किटपछि बजार ४० मिनेटका लागि बन्द भएको थियो।

पुन: तेस्रो पटक १२ बजेर १ मिनेटमा खुलेको बजार एक मिनेटमै तेस्रो सर्किट लागेर बन्द भएको हो। यो अवधिमा ५१ करोडको मात्रै कारोबार भएको छ भने २५२ वटाको मूल्य बढेको छ।

फागुन २१ गतेको निर्वाचन पछि देशैभर पुराना दल विस्थापित हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीको लहर देखिएसँगै त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको हो ।

यसअघि पनि बालेन प्रधानमन्त्री बन्ने चर्चाले नै बजारलाई बढाउन सहयोग पुगेको थियो। निर्वाचनपछि उनी प्रधानमन्त्री बन्ने सम्भावना बढेसँगै त्यसको सकारात्मक प्रतिक्रिया बजारले देखाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad