निर्वाचन विदाले रोकिएको नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरुको आन्दोलन विदा सकिएसँगै पुन: सुरु भएको छ।
कर्मचारीले बिहीबारदेखि फेरि आन्दोलन सुरु गरेका हुन्।
नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आजदेखि पुन: आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएको हो।
कर्मचारीले हरेक दिन १ घण्टा धर्ना तथा पेनडाउन गर्दै आइरहेका छन्। अर्थ मन्त्रालयको गत भदौ ३१ गतेको निर्णयबाट सेबोनका कर्मचारीहरुले पाउँदै आएका सेवा सुविधा कटौती गरेसँगै गत असोज ८ गतेदेखि आदोलन गरिरहेका थिए।
‘प्रतिनिधिसभाको चुनावका कारण केही समय स्थगित गरिएको दैनिक १ घण्टाको धर्ना र पेन डाउन कार्यक्रम फागुन २८ गतेदेखि पुनः प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सञ्चालन गरिने निर्णय कार्यसमितिले गरेको छ’, विज्ञप्तिमा भनिएको छ।
75
Shares

प्रतिक्रिया