अमेरिका–इजरायल र इरानबीच खाडीमा तनाव चर्किँरहँदा यता नेपालबाट भने एकै महिनामा ५२ हजार ९ सय ४४ युवा कामको खोजीमा विदेशिएका छन्। यसरी विदेश जाने धेरै अहिले अशान्त पश्चिम एसियाली देशहरुमा गएका हुन्।
वैदेशिक रोजगार विभागले फागुनमा ४६ हजार ४ सय ५२ पुरुष र ६ हजार ४ सय ९२ महिलालाई श्रम स्वीकृति दिएको हो।
यसमा उच्च दक्ष ५० जना, व्यावसायिक १७९, अर्धदक्ष ७ हजार ९ सय ३८, दक्ष ३१ हजार २२३ र अदक्ष १३ हजार ५५४ जना रहेका छन्।
विदेश जानेमा फागुनमा सबैभन्दा बढी यूएईमा ७ हजार १०३ जना, मलेसियामा ५ हजार ९४५ जना, कतार २ हजार ४३६, साउदी अरेबिया २ हजार २५१, रोमानिया २ हजार ५४३, कुवेत १ हजार ९९९ जना गएको विभागले जनाएको छ।
258
Shares

प्रतिक्रिया