कारोबार


२ दिनमा ७६०० घटेको सुनको मूल्यमा आज झन् ठूलो पहिरो, चाँदीको भाउ पनि घट्यो

२ दिनमा ७६०० घटेको सुनको मूल्यमा आज झन् ठूलो पहिरो, चाँदीको भाउ पनि घट्यो

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०८२ शुक्रबार ११:२०, काठमाडौँ

आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ। 

सुनको मूल्य आज तोलामा सात हजार आठसय रुपैयाँ घटेर दुईलाख ९४ हजार पाँचसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो पाँच हजार चारसय रुपैयाँ घटेर सुनको भाउ तीनलाख दुई हजार तीनसय रुपैयाँ कायम भएको थियो। 

बुधबार पनि सुनको भाउ तोलामा दुई हजार दुईसय रुपैयाँ घटेर तीन लाख सात हजार सातसय रुपैयाँ कायम भएको थियो। गएका तीन दिनमा सुनको भाउ १५ हजार चारसय रुपैयाँ घटिसकेको छ। 

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

चाँदीको मूल्य आज तोलामा ११५ रुपैयाँ घटेर चार हजार आठसय ९५ कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा १४० रुपैयाँ घटेर पाँच हजार १० रुपैयाँमा झरेको थियो। गएको बुधबार पनि चाँदीको भाउ तोलामा १८५ रुपैयाँ घटेको थियो। 

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad