कारोबार


सेयरबजारमा साउन ११ पछिकै ठूलो कारोबार : ६ सेयरमा सर्किट ब्रेक, २३ अर्ब ५९ करोडको किनबेच

सेयरबजारमा साउन ११ पछिकै ठूलो कारोबार : ६ सेयरमा सर्किट ब्रेक, २३ अर्ब ५९ करोडको किनबेच

नेपालखबर
चैत ८, २०८२ आइतबार १५:१५, काठमाडौँ

सेयरबजारमा ५४.५१ अंकको उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १.८९ प्रतिशतले बढेर २९३१.५५ विन्दुमा पुगेको हो। 

सूचकसँगै आइतबार कारोबार रकममा पनि उछाल देखिएको छ। पछिल्लो ८ महिनायताकै उच्च कारोबार भएको छ। आइतबार कुल २३ अर्ब ५९ करोड बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। कुल ६ करोड १४ लाख बढी कित्ता किनबेचमा यो कारोबार भएको हो। यो कारोबार गत साउन ११ यताकै उच्च कारोबार हो। गत साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएको थियो। 

आइतबार १८३ वटा सेयरको मूल्य बढ्दा ७३ वटाको घटेको र ८ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। यस दिन ६ वटा सेयर १० प्रतिशतले बढेका छन्। कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट ब्रेक लागेको हो। 

यी कम्पनीका सेयरधनीले क्रमशः प्रतिकित्ता १९६, १३८.८०, १२५, १०९.८०, ४३.९० र २७ रुपैयाँ आम्दानी गरे। होटल फरेस्ट इन, विजय लघुवित्त र एनआईसी एसिया लघुवि१का सेयरधनीले पनि क्रमशः ९.९८, ९.९५ र ९.१८ प्रतिशत आम्दानी गरेका छन्। 

आज सबैभन्दा धेरै गुमाउनेमा एनआईसी एसिया ब्यालेन्स्ड फन्ड, सुपर मादी हाइड्रोलगायत छन्। यी सेयरधनीले अधिकतम ५.७१ प्रतिशतसम्म मात्र गुमाएका छन्। सर्वाधिक कारोबारमा कुमारी बैंक अगाडि छ। बैंकको ८५ करोड ९६ लाखको कारोबार भएको छ। त्यसैगरी नेशनल हाइड्रोपावर कम्पनीको ७७ करोड, शिवम् सिमेन्ट ७५ करोड, ङादी ग्रुप पावर ७२ करोड र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ७१ करोडको सेयर कारोबार भएको छ। 

आइतबार व्यापार सूचक घटे पनि बाँकी सबै बढेको नेप्सेले जनाएको छ। आज माइक्रोफाइनान्स ४.२१ प्रतिशतले बढ्दा होटल तथा पर्यटन ३.०५, वाणिज्य बैंक २.४९, विकास बैंक २.४६ र फाइनान्स २.१३ प्रतिशतले बढेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad