अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजश्व लक्ष्य प्राप्तिमा लाग्न भन्सार विभागका कर्मचारीलाई निर्देशन दिएका छन्।
सोमबार अर्थमन्त्री वाग्लेले भन्सार विभागको अनुगमन गरेका थिए। त्यस क्रममा भन्सार विभागको ‘ब्रिफिङ’ लिएका थिए।
त्यस क्रममा विभागका कर्मचराीलाई इमानदारीपूर्वक राजश्व लक्ष्य प्राप्तिमा लाग्न निर्देशन दिएका हुन्। राजश्व संकलनमा इमानदारितापूर्वक लाग्ने कर्मचारीका लागि मन्त्रालयले प्रोत्साहनका कार्यक्रम ल्याउने उनले आश्वासन दिए।
यस क्रममा उनले भन्सार ल्याबको पनि अनुगमन गरेका थिए।
219
Shares

प्रतिक्रिया