कोशी


एमाले कोसी प्रदेश संसदीय दलको बैठकले भन्यो–पार्टी अध्यक्षको गिरफ्तारी निन्दनीय

एमाले कोसी प्रदेश संसदीय दलको बैठकले भन्यो–पार्टी अध्यक्षको गिरफ्तारी निन्दनीय

नेपालखबर
चैत १६, २०८२ सोमबार १९:४४, ​विराटनगर

नेकपा (एमाले) कोसी प्रदेश संसदीय दलको बैठक सोमबार सम्पन्न भएको छ। बैठकमा मुख्यतया पार्टीका शीर्ष नेतृत्वको गिरफ्तारी र समसामयिक राजनीतिक विषयमा छलफल भएको एमाले कोसी संसदीय दलले जनाएको छ।

बैठकले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै उक्त कार्यलाई ‘निन्दनीय’ ठहर गरेको छ। संसदीय दलले उक्त गिरफ्तारी कानुनसम्मत नभएको निष्कर्ष निकाल्दै यसको भर्त्सना गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिएका छन्।

​त्यसैगरी, बैठकले पार्टी अध्यक्षका बुवाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ।

​बैठकमा प्रदेशको योजना तर्जुमाका विषयमा पनि छलफल भएको थियो। योजना आयोगले ‘योजना बैंक’लाई कडाइका साथ कार्यान्वयनमा लग्न खोजेपछि बैठकमा सांसदहरूले असन्तुष्टि जनाएका थिए।

तत्कालै सबै योजनाहरू समावेश गर्न प्राविधिक कठिनाइ हुनसक्ने विषयमा सांसदहरूले कुरा उठाएका थिए। अहिले नै कढाइका साथ सिस्टम पालना गर्दा जनअपेक्षा अनुसारका योजनाहरू छुट्न सक्ने भन्दै यसबारे व्यवहारिक छलफल आवश्यक रहेको सहभागी सांसदहरूले बताएका थिए।

दलको प्रमुख सचेतक नियुक्ति गर्ने भनिए पनि आजको बैठकले यसबारे कुनै औपचारिक निर्णय भने गरेको छैन। यसअघि दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेप मन्त्री भएपछि रिक्त रहेको प्रमुख सचेतक अझै एमालेले नियुक्त गर्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad