नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्।
शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्।
मन्त्रालय स्रोतले भन्यो, ‘धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ मन्त्रालयमा राजीनामा पत्र बुझाएर बाहिरिनु भएको छ। उहाँ भर्खरै मन्त्रालय आइपुग्नु भएको थियो।’
राजीनामा पत्र बोकेर मन्त्रालय आएका श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको बताए।
सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाई छ।
श्रेष्ठलाई २०८१ मंसिर १० मा मन्त्रिपरिषदले सेबोनको अध्यक्षमा नियुक्त गरेको थियो। त्यसअघि बोर्डको अध्यक्ष नियुक्तमा लामो समय खिचातानि भएर अल्झिएको थियो।
योजना आयोगको उपाध्यक्ष संयोजक रहेको समितिले धितोपत्र बोर्डको अध्यक्षका लागी तीन जनाको नाम सिफारिस गरेको थियो। त्यसमध्ये तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको सिफारिसमा श्रेष्ठ धितोपत्र बोर्डको अध्यक्ष भएका थिए।
उनी सेबोनको अध्यक्ष नियुक्त भए लगत्तै उनको अनुभवसम्बन्धी योग्यता कानुनले तोकेअनुसार नभएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
अध्यक्ष भएपछि श्रेष्ठले बिचौलिया प्रयोग गरेर विभिन्न कम्पनीको आईपीओ निश्कासनमा कमिशनको बार्गेनिङ गरेका थिए। विशेषगरी जलविद्युत कम्पनीको आइपीओमा श्रेष्ठले बिचौलियामार्फत बार्गेनिङ गरेका थिए। सोही विषयमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बोलाएर बयान लिएको थियो।
श्रेष्ठलाई बिचौलियाहरुले नै सेबोनको अध्यक्षको नियुक्ति दिलाएको टिप्पणी हुने गरेको थियो।
त्यति मात्रै होइन, श्रेष्ठले आफ्नै लगानी रहेको बुंगल हाइड्रो लिमिटेडको प्राथमिक शेयर (आईपीओ) उनी सेबोनको अध्यक्ष रहेकै समयमा निश्कासन गरेका थिए। उक्त कम्पनीमा श्रेष्ठको ०.६२ प्रतिशत सेयर छ।
विवादै विवादको घेरामा रहेका श्रेष्ठ १७ महिना धितोपत्र बोर्डको अध्यक्ष रहेर बाहिरिएका हुन्।
- जलविद्युत् कम्पनीका आईपीओ स्वीकृतिका लागि धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले प्रतिशत नै तोकेर मागे कमिसन
- लेखा समितिको निर्णय उल्ट्याउन सेबोनलाई अर्थ समितिको दोस्रो पत्र, नेटवर्थको लगाम हटाउन निर्देशन
- सेबोन अध्यक्षको सेयर रहेको बुंगल हाइड्रोको आईपीओ निष्काशनमा
- प्रहरीलाई अघि लगाएर कार्यकक्ष पुगे सेबोन अध्यक्ष सन्तोषनारायण
Shares

प्रतिक्रिया