कारोबार


अमेरिकी डलरको मूल्यमा आज फेरि ‘रेकर्ड ब्रेक’, बन्यो हालसम्मकै महँगो

अस्ट्रेलियन डलर र पाउन्डको मूल्यमा भने गिरावट
अमेरिकी डलरको मूल्यमा आज फेरि ‘रेकर्ड ब्रेक’, बन्यो हालसम्मकै महँगो

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार ८:३२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर हालसम्मकै महँगो बन्दा अस्ट्रेलियन डलर, पाउन्डसहितका केही मुद्रा भने सस्तिएका छन्। 

तर, युरो, कुवेती र बहराइन दिनार लगायत कतिपय मुद्राको भाउ भने आज पनि बढेको राष्ट्र बैंकले जनााएको छ। 

आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४५ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा थियो। तीन दिनसम्म एउटै मूल्यमा स्थिर रहेको अमेरिकी डलरको विनिमयदर आज बढेर उच्च बनेको हो। 

त्यसैगरि आज युरो १ को खरिददर १७७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३८ पैसा छ। हिजो युरो १ को खरिददर १७७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५६ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६४ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ४१ पैसा छ। हिजो थियो। विगत पाँच दिनदेखि स्थिर रहेको कुवेती दिनारको विनिमयदर आज बढेको हो। 

आज बहराइन दिनार १ को खरिदर ४०२ रुपैयाँ १५ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ७३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९४ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad