अमेरिकी इन्भेष्टमेन्ट समिटमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल वासिङ्गटन डिसी पुगेको छ। अमेरिकी उपसहायक बेथानी मोरिसन, अमेरिकाको राज्य तथा वाणिज्य विभागका अधिकारीले नेपाली उद्योगी, व्यापारीलाई स्वागत गर्दै लगानी सम्भावनाबारे छलफल गरेका छन्।
‘हामी नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा उत्साही छौँ। व्यवसायिक सम्बन्ध बलियो बनाउन, लगानी वृद्धि र अमेरिकी कम्पनीहरुसँग सहकार्य गर्न पाउँदा हामीलाई गर्व छ’, अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एशिया मामिला विभागले आधिकारिक रुपमा भनेको छ।

इन्भेष्टमेन्ट समिटमा अमेरिका गएका व्यवसायीमध्ये धेरै जति सूचना प्रविधि र नेपाल अमेरिका चेम्बर अफ कमर्स (आमचार्म) पदाधिकारी, कार्यकारी निर्देशक अमिरराज थापा सहभागी छन्। कैलाश विजयानन्द अध्यक्ष रहेको आमचार्ममा आकाश गोल्छा, समराथ मोगासहितका युवा उद्योगी पदाधिकारी छन्।
ह्यासट्याग 'सेलेक्टयुएसए' राखेर चलाइएको यो अभियान अमेरिकामा लगानी भित्र्याउनका लागि आयोजना गरिने बृहत् कार्यक्रम हो।
समिटमा सहभागी हुनुअघि अमेरिकी अधिकारीहरुले वासिङ्टन डिसीस्थित नेपाली दूतावासमा छलफल भएको हो। दूतावासको कार्यक्रममा अमेरिकी प्रतिनिधिले नेपाली कम्पनीहरुसँग साझेदारी गर्दा दुई देशबीचको व्यापारिक सम्बन्ध बलियो हुने र यसले नेपालको आर्थिक सम्वृद्धिमा टेवा पुग्ने तर्क गरेका थिए।
— Embassy of Nepal, Washington, D.C. (@nepalembassyusa) May 4, 2026The Embassy, in collaboration with the Nepal America Journalists Association, organized a dialogue program yesterday on press freedom for good governance, democracy, and prosperity, marking World Press Freedom Day 2026. pic.twitter.com/17mqBMeN6O
लगानीका लागि अमेरिका विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताउँदै उनीहरुले नेपाली लगानीकतालाई अत्याधुनिक पूर्वाधार र नवीन अवसरहरुबाट लाभ उठाउन आह्वान आग्रह गरे। नेपाली दूतावासका अनुसार यो छलफलले दुई देशबीचको व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने र आगामी दिनमा द्विपक्षीय लगानीका थप ढोकाहरु खोल्ने अपेक्षा गरिएको छ।
यो वर्ष सेलेक्ट युएसए लगानी सम्मेलनमा एक सय देशका २ हजार ७ सय भन्दा बढी व्यापारिक लगानीकर्ता तथा उद्योग तथा निजी क्षेत्र विज्ञहरु सहभागी हुँदैछन्। मे ३ आइतबारदेखि सुरु भएको सम्मेलन मे ६ सम्म चल्नेछ।
Shares

प्रतिक्रिया