नेपाल उद्योग वाणिज्य महासङ्घको एसोसिएट सदस्यमा सचिन ढकाल सर्वाधिक मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएका छन्। एसोसिएट तर्फको १७ सदस्य पदका लागि भएको प्रतिस्पर्धामा ढकालले सबैभन्दा धेरै १३ सय १८ प्राप्त गरेका छन्।
उनी पछि हेमन्त गोल्छाले १२ सय २ मत प्राप्त गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालका छोरा हुन् सचिन ढकाल। उनी आइएमई ग्रुपसँग आवद्ध छन्।
फुटबल चितवन क्लब (एफसी चितवन)को अध्यक्ष समेत रहेका ढकाल खेलकुद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय पनि आवद्ध छन्।
ढकालको व्यवस्थापनमा बाग्लुङमा इला कम्फर्ट होटल सन्चालनमा छ।
महासंघको एसोसिटतर्फबाट निर्वाचित सदस्यमा ढकाल सबैभन्दा युवा पनि हुन्।
एसोसिएट सदस्यमा कसको कति मत
२. हेमन्त गोल्छा – १२०२ मत
३. अम्बिका प्रसाद पौडेल – ११८३ मत
४. उज्ज्वल कुमार श्रेष्ठ – ११४६ मत
५. शक्ति कुमार बेगानी – ११४२ मत
६. ऋषि अग्रवाल – ११२२ मत
७. राजेश कुमार अग्रवाल – १०८२ मत
८. सुयस प्याकुरेल – १०६९ मत
९. सुशील थापा – १०५४ मत
१०. रामशरण भण्डारी – १०४३ मत
११. बाबु काजी कार्की – १००६ मत
१२. दिवश न्यौपाने – ९९१ मत
१३. प्रियराज रेग्मी – ९५४ मत
१४. इश्वर बहादुर जि.सी. – ९४५ मत
१५. सुरज उप्रेती – ९०७ मत
१६. कृष्ण लाल महर्जन – ८७४ मत
१७. बटु लामिछाने – ८६० मत
Shares

प्रतिक्रिया