कारोबार


आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

नेपालखबर
बैशाख २७, २०८३ आइतबार ११:१८, काठमाडौँ

गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ।

सुन तोलामा रु १ हजार रुपैयाँ घटेको छ भने चाँदीको मोल २५ रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ३०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार प्रतितोला छापावाल सुन २ लाख ९९ हजार ९०० र चाँदी ५ हजार २७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज अन्तरराष्ट्रिय बजारमा भने एक औँस सुन ४ हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad