कारोबार


प्लेनको पांग्रामा आगो लागेको घटनामा दुई जनाको हातमा सामान्य चोट

प्लेनको पांग्रामा आगो लागेको घटनामा दुई जनाको हातमा सामान्य चोट

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १४:१, काठमाडौँ

सोमबार बिहान काठमाडौँको आकास छ्याङ थियो र भिजिबिलिटीमा कुनै समस्या थिएन। त्यही समयमा टर्किस एयरलाइन्सको उडान नम्बर टीके ७२६ को जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि आइपुग्यो। 

जसै टर्किसको जहाजले भुइँमा छोयो, ठिक त्यही समयमा दाहिने पांग्रामा आगो बल्न सुरु भयो। इन्जिन नजिकै पा‌ग्रामा धुँवा र आगोको लप्का देखियो। 

विमानको अगाडिको भाग ट्याक्सी-वे मा पूर्ण रुपमा प्रवेश नगर्दै चालकले जहाजलाई बीचमै रोकेका थिए। अगाडिको भाग ट्याक्सी-वेमा पुगे पनि अधिकांश भाग धावनमार्गमै रहेको अवस्थामा स्लाइड प्रयोग गरी यात्रु उद्धार गरियो। चार बालकसहित २७३ यात्रु र ११ जना चालक दल सदस्य थिए।

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार जहाजको चक्कामा लागेको आगो दमकलको सहायतामा निभाइएको छ। एक-दुई मिनेटमै आगो नियन्त्रण आएको उनले बताए। 

उद्दारका लागि जहाजका तीन वटै आकस्मिक ‘स्लाइड डोर खुला गरिएका थिए।

विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार जहाज अवतरण गर्दा विमानस्थलमा फायर फाइटर तैनाथ थिए। उनीहरूले दमकलको सहायताले तत्कालै आगो नियन्त्रणमा लिए। उनका अनुसार विमानस्थल पुनः सञ्चार हुन करिब डेढ घण्टा लागेको थियो।

उद्धारका क्रममा दुई जनाको हातको औँलामा चोट लागेको विवरण टर्किस एयरलाइन्सले विमानस्थललाई दिएको छ। ‘ठूलो चोट लागेको होइन। दुई जनाको हातको औँलामा चोट लागेको विवरण एयरलाइन्सले उपलब्ध गराएको छ’, स्रोतले भन्यो।

कसरी आगो लागेको हो?

एयरबस ए ३३०-३०० वाइड बडी जहाजको दायाँपट्टिको मुख्य ल्यान्डिङ गियरको टायरमा आगो लागेको हो। के भएर, कसरी आगो लाग्यो भनेर नागरिक उड्डयन प्राधिकरण, विमानस्थल टोलीले प्रारम्भिक अनुसन्धान गरेको छ। इन्जिनियरको टोलीले मुख्य ५ पक्षमा अनुसन्धान गर्दै छ।

१) ल्यान्डिङ गियर (२) हार्ड ल्यान्डिङ (३) टायर प्रेसर (४) ब्रेकिङ सिस्टम र (५) अरु प्राधिक कारण।

यी कुराहरूको अनुसन्धानपछि मात्र टर्किस एयरलाइन्स उडान नम्बर ७२६ को पांग्रामा कसरी आगो लागेको हो भन्ने प्रस्ट हुनेछ। घटनाको एयरलाइन्सले पनि अनुसन्धान गर्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad