कारोबार


पर्यटन सम्भावना भएको क्षेत्रमा सडक पहुँच, प्रधानमन्त्री डेलिभरी युनिटलाई सुदृढ गरी मिसन मोडमा कार्यान्वयन

पर्यटन सम्भावना भएको क्षेत्रमा सडक पहुँच, प्रधानमन्त्री डेलिभरी युनिटलाई सुदृढ गरी मिसन मोडमा कार्यान्वयन

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १७:१६, काठमाडौँ

सरकारले पर्यटन सम्भावनाका क्षेत्रमा पहुँचमार्ग बनाइने भएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यसलाई समावेश गरिएको हो। 

हुलाकी, पुष्पलाल, उत्तर दक्षिण राजमार्ग लगायतका राष्ट्रिय सडक सञ्जालको स्तरोन्नति र विस्तार तीव्र गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

काठमाडौं–तराई/मधेस द्रुतमार्ग तथा यसका लिंक सडकहरु शीर्घ सम्पन्न गरिनेछ। सबै स्थानीयतहलाई बाह्रै महिना सञ्चालन हुने सडक सञ्जालसँग जोडिने छ।

विद्युतीय मास ट्रान्जिट प्रणाली विकास गर्दै सार्वजनिक यातायातलाई भरपर्दो बनाइने छ। पर्यटन सम्भावना भएको क्षेत्रमा सडक पहुँच राजमार्ग स्तरोन्नति, वैकल्पिक राजमार्ग र सेवा केन्द्र विकास गरी स्थानीय अर्थतन्त्रलाई चलायमान बनाइने छ।

पूर्वाधार विकासलाई तीव्र बनाउन प्रधानमन्त्री डेलिभरी युनिटलाई सुदृढ गरी मिसन मोडमा कार्यान्वयन गरिनेछ। सार्वजनिक सडक तथा यातायात सम्बन्धी कानुन परिमार्जन गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad