कारोबार


नेपालमा स्मार्ट विद्युतीय मोबिलिटीको भविष्य ‘अथर’ अब जनकपुरमा

नेपालमा स्मार्ट विद्युतीय मोबिलिटीको भविष्य ‘अथर’ अब जनकपुरमा

नेपालखबर
बैशाख २८, २०८३ सोमबार २२:११, काठमाडौँ

इलेक्ट्रिक स्कुटर ब्रान्ड अथर इनर्जी नेपालले जनकपुरमा आफ्नो नयाँ अथर एक्सपेरियन्स सेन्टरको उद्घाटन गरेको छ। यससँगै कम्पनीले देशभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै नेपालमा विद्युतीय सवारीको विस्तारलाई तीव्र गति दिने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

जनकपुरको मिल्स एरियामा अवस्थित नयाँ एक्सपेरियन्स सेन्टर सोमबार नितिन ट्रेड लिंकको व्यवस्थापनमा औपचारिक रूपमा सञ्चालनमा आएको हो। 

जनकपुरमा नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनसँगै अथर नेपालका अब देशभर १० वटा एक्सपेरियन्स सेन्टर पुगेका छन्। जसमा काठमाडौं उपत्यकाभित्र ५ वटा तथा पोखरा, चितवन, इटहरी, र बुटवलमा रहेका शाखाहरू समावेश छन्।

साथै ग्राहकलाई सहज तथा भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्न कम्पनीले देशभर ९ वटा अथोराइज्ड सर्भिस सेन्टर पनि सञ्चालन गरिरहेको छ। अथरले नेपालकै दुई-पाङ्ग्रे ईभी क्षेत्रमा सबैभन्दा लामो ८ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी पनि उपलब्ध गराउँदै आएको छ।

जनकपुर एक्सपेरियन्स सेन्टरमा अथरको सम्पूर्ण उत्पादन श्रृंखला प्रदर्शन गरिनेछ, जसमा परफरमान्स ओरिन्टेड अथर ४५० सिरिज तथा आधुनिक परिवारमुखी अथर रिज्टा समावेश छन्।

अथर ५४० सिरिज विशेषगरी उत्कृष्ट  परफरमान्स, स्मार्ट टेक्नोलोजी तथा डायनामिक राइडिङ एक्सपेरियन्स खोज्ने ग्राहकलाई लक्षित गरी डिजाइन गरिएको हो। शक्तिशाली एक्सिलेसन, गुगल म्याप आधारित नेभिगेसन, अटोहोल्ड, फाल सेफ, रिभर्स मोड, विभिन्न राइड मोड्स तथा रेस्पोन्सिभ टचस्क्रिन ड्यासबोर्ड जस्ता अत्याधुनिक सुविधाले अथर ४५० लाई नेपालकै सबैभन्दा उन्नत इलेक्ट्रक स्कुटर मध्ये एक बनाएको छ।

त्यसैगरी, अथर रिज्टा आधुनिक परिवार तथा दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको स्कुटर हो। फराकिलो सिट, ठूलो स्टोरेज क्यापासिटी, सेफ्टी पोकस्ड इन्जिनियरिङ, ट्रयाक्सन कन्ट्रोल, ट्वो तथा थेफ्ट अलर्टस्, ड्यासबोर्डमा वाट्सएप नोटिफिकेसन्स तथा आरामदायी स्ट्रक्चर जस्ता सुविधाले रिट्जालाई प्रविधि, सुविधा र विश्वसनीयताको उत्कृष्ट संयोजन बनाएको छ।

अथर जनकपुरको उद्घाटनको अवसरमा ग्राहकहरूका लागि ४ गते जेठ २०८३ सम्म लागू हुने विशेष सीमित अवधिको उद्घाटन अफर उपलब्ध गराइएको छ। यस विशेष योजनाअन्तर्गत अथरले विस्तारित ब्याट्री वारेन्टी, आकर्षक शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा तथा अतिरिक्त एक्सचेञ्ज भ्यालुएसन सुविधा प्रदान गरिरहेको छ, जसले जनकपुरका ग्राहकहरूलाई स्मार्ट, भरपर्दो र आधुनिक विद्युतीय मोबिलिटी रोज्न अझ सहज बनाउने विश्वास लिइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad