कारोबार


आईपीओ ल्याउँदै यती एयरलाइन्स, एनआईएमबी एस क्यापिटल बिक्री प्रबन्धक नियुक्त

आईपीओ ल्याउँदै यती एयरलाइन्स, एनआईएमबी एस क्यापिटल बिक्री प्रबन्धक नियुक्त

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १७:४, काठमाडौँ

यती एअरलाइन्स लिमिटेडले साधारण सेयर निष्काशन (आईपीओ)को प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले प्राथमिक सार्वजनिक निष्काशनमार्फत सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो।

यसका लागि कम्पनीले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। 

आन्तरिक हवाई सेवा प्रदान गदै आइरहेको यति एयरलाइन्स लिमिटेड नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकहरुमध्ये एक हो।

कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवामा विशेष जोड दिँदै देशका प्रमुख शहरी तथा दुर्गम गन्तव्यहरुमा नियमित उडान सञ्चालन गर्दै आएको छ। 

साथै, नेपालको हवाई पहुँच विस्तार तथा क्षेत्रिय कनेक्टिभिटी सुदृढ गर्न कम्पनीले महत्वपूर्ण योगदान पुरयाउँदै आएको छ।

धितोपत्र निष्काशनसम्बन्धी उक्त सम्झौतापत्रमा यती एअरलाइन्स लिमिटेडका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad