सेयरबजार पुनः १०.०७ अंकले घटेको छ। योसँगै नेप्से २७३०.१७ विन्दुमा रोकिएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार घटेको बजारमा ३ अर्ब २९ करोडको कारोबार भएको छ।
यो कारोबारमा ८० वटा सेयर बढे पनि १७४ वटा घटेका र १४ वटाको मूल्य थपघट भएको छैन। यस दिन सेयरहरु ११.२५ प्रतिशतसम्म बढ्दा ९.८९ प्रतिशतसम्म घटेका छन्।
कारोबारमा आज हिमालयन रिइन्स्योरेन्स अगाडि छ। कम्पनीको ३७ करोडको कारोबार भए पनि बाँकी १८ करोडसम्म मात्रै कारोबार भएका छन्।
यस दिन जीवन बीमा, सामूहिक लगानी कोष र व्यापार समूह मात्र बढेका छन्।
12
Shares

प्रतिक्रिया