आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक)माथि यही जेठ जेठ ४, ५ र ६ गते प्रतिनिधिसभामा छलफल हुने भएको छ।
बिहीबार राति अबेरसम्म चलेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा छलफलका दिन तोकेका हुन्।
सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ ४ गतेको बैठकको एक घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिएका छन्।
सभामुख अर्यालले उक्त छलफलको टिपोट गर्न अर्थ मन्त्रालय र सभाका सचिवालयका कर्मचारीलाई निर्देशन दिए।
प्रतिनिधिसभाको बैठक आगामी जेठ ४ गते सोमबार बिहान ११ः०० बजेका लागि तोकिएको छ।
42
Shares

प्रतिक्रिया