दाङ ३ बाट निर्वाचित सांसद कमल सुवेदीले जिल्लाका विभिन्न आयोजनाका लागि बजेट दिन माग गरेका छन्।
टरिगाउँ विमानस्थल विस्तार र रणनीतिक सडकका लागि पर्याप्त बजेट दिन संसद् बैठकमा माग गरेका हुन्।
‘वि.सं. २०११ सालमा स्थापना भएको दाङको टरिगाउँ विमानस्थल सात दशक बितिसक्दा पनि विस्तार हुन सकेको छैन। यो दाङसहित सल्यान, प्युठान, रोल्पा र रुकुमका लाखौँ जनताको जीवनरेखा हो। तर आजसम्म पनि यो उपेक्षामा परेको छ’, उनले भने।
यसबाहेक लमही–घोराही–तुलसीपुर चारलेन सडक, राप्ती राजमार्ग, दाङ–सुर्खेत सडक तथा दामोदर मार्ग र तुलसीपुर–खिलतपुर सडकको अवस्था अत्यन्त दयनीय रहेको बताउँदै उनले यी सडकहरूको कमजोर अवस्थाले जनताले दैनिक सास्ती र दुर्घटनाको जोखिम भोगिरहेको उल्लेख गरे।
सोही कारण बजेट पर्याप्त दिने व्यवस्था मिलाउन सरकारसँग उनको माग छ।
Shares

प्रतिक्रिया