सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य पदमा दरखास्त दिने उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ।
मन्त्रालयले बिहीबार अध्यक्षमा दाबेदारी दिएका ३२ जनाको नामावली सार्वजनिक गरेको हो। रिक्त चार सदस्यका लागि आवेदन दिएकाहरुको नामावली पनि मन्त्रालयले सार्वजनिक गरेको छ। सदस्यमा ३३ जनाको आवेदन परेको हो।
अध्यक्षमा आवेदन दिनेहरुमा दूरसञ्चार प्राधिकरणका निमित्त अध्यक्ष अर्जुन घिमिरे, नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, प्राधिकरणकै पूर्वनिर्देशक अम्बर स्थापित, सूचना प्रविधि विज्ञ डा. राजिब सुब्बा छन्।
बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ल्याएपछि १५ सय ३४ राजनीतिक नियुक्ति पाएकाहरु पदमुक्त भएका थियो। राष्ट्रपतिले अध्यादेश जारी गरेपछि मन्त्रालयले वैशाख २१ गते आफू मातहत रहेको दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी तथा सदस्यहरु कृष्णप्रसाद पोख्रेल, नवराज अधिकारी, रविन्द्र झा र गोकर्णप्रसाद सिटौलालाई स्वत: पदमुक्त गरेको थियो।
हेर्नुहोस् सूची
Shares

प्रतिक्रिया