कारोबार


अब बिजुलीमा पनि भ्याट लाग्ने

अब बिजुलीमा पनि भ्याट लाग्ने

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १८:३०, काठमाडौँ

सरकारले बिजुलीमा पनि मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने भएको छ। 

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा भ्याट लगाउने घोषणा गरेका हुन्। 

उपभोक्ताले खपत गर्ने मासिक ५० युनिटसम्म कुनै कर लाग्नेछैन। त्यसभन्दा माथिको बिजुली खपत गर्दा भ्याट लाग्ने व्यवस्था गरिएको अर्थमन्त्री वाग्लेले घोषणा गरेका छन्। 

‘अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक ५० युनिटभन्दा बढीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको छु,’ बजेट मन्तव्यमा भनिएको छ। 

यसअघि बिजुलीमा कर लाग्ने गरेको थिएन्। सरकारले आगामी आर्थिक वर्षदेखि बिजुलीलाई पनि करको दायरमा ल्याएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad