कारोबार


‍रास्वपा सरकारले कति दियो प्रदेश र स्थानीय तहमा बजेट?

‍रास्वपा सरकारले कति दियो प्रदेश र स्थानीय तहमा बजेट?

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १८:३०, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को मा प्रदेश र स्थानीय तहको लागि वित्तीय समानीकरण र समपूरक अनुदान छुट्याएको छ। 

संविधानको धारा–६० अनुसार संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अनुदान दिनुपर्ने व्यवस्था छ। 

सोहीअनुसार, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा प्रदेशका लागि ६१ अर्ब ५० करोड र स्थानीय तहका लागि ९० अर्ब २० करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। 

त्यसैगरी, प्रदेश र स्थानीय तहमा पूर्वाधार आयोजना कार्यान्वयन गर्न सात प्रदेशका लागि ४ अर्ब ६० करोड र  ७५३ वटा स्थानीय तहको लागि ८ अर्ब ९३ करोड समपुरक अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। 

साथै, प्रदेश र स्थानीय तहमा क्रमशः ३ अर्ब ८२ करोड र ९ अर्ब ४० करोड विशेष अनुदान छुट्याएको बजेट वक्तव्यमा उल्लेख छ। 

सङ्घीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेशमा ३९ अर्ब ७२ करोड र स्थानीय तहमा २ खर्ब ६ अर्ब ८ करोड सशर्त अनुदान विनियोजन अर्थमन्त्रीले बताएका छन्।  

प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँडबाट कूल एक खर्ब ७५ अर्ब  हस्तान्तरण हुने अनुमान गरिएको बजेट वक्तव्यमा उल्लेख छ।

आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँड (रोयल्टी समेत) बाट र वित्तीय हस्तान्तरण गरी प्रदेश र स्थानीय तहमा ६ खर्ब भन्दा बढी परिचालन हुने प्रक्षेपण गरेको अर्थमन्त्रीले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad