प्रधानमन्त्री वालेन्द्र शाह बजेट भाषण सुनेर संसद्बाट बाहिरिएका छन्।
शुक्रबार आगामी आर्थिक वर्षको बजेट पेस गर्न बोलाइएको संसद्को संयुक्त बैठकमा प्रधानमन्त्री शाह उपस्थित भएका थिए। उनी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य पुरै सुनेर बाहिरिएका हुन्।
यसअघि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भएको बैठकमा उपस्थित भएका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा बाहिरिएका उनको आलोचना भएको थियो।
त्यसपछि प्रधानमन्त्री शाह संसद्मा उस्थित भएका थिएनन्। विपक्षी दलले प्रधानमन्त्री शाहसँग प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने माग गर्दै आएका छन्।
108
Shares

प्रतिक्रिया