कारोबार


संसद्‍मा बालेनको ठट्टा: सांसद विदुषी राणालाई देखाउँदै भने- ‘मैले पनि गोल्डस्टार लगाएको छु’

संसद्‍मा बालेनको ठट्टा: सांसद विदुषी राणालाई देखाउँदै भने- ‘मैले पनि गोल्डस्टार लगाएको छु’

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार २०:४६, काठमाडौँ

आगामी आर्थिक वर्षको बजेट भाषण सुन्न संसद् पुगेका प्रधानमन्त्री शाह यसपटक भने पूरै समय आफ्नो कुर्सीमा शान्त मुद्रामा बसिरहे। बजेट भाषण सकिएलगत्तै प्रधानमन्त्री शाहले आ-आफ्नो सिटबाट उठेर सांसदहरूसँग हात मिलाउन र कुराकानी गर्न थाले।

सोही क्रममा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद विदुषी राणाको सिट नजिकै पुगे।

सांसद राणा नेपालको प्रतिष्ठित जुत्ता ब्रान्ड 'गोल्डस्टार' की प्रमुख समेत हुन्। उनले पछिल्लो समय गोल्डस्टार जुत्तालाई देशभित्र र अन्तर्राष्ट्रिय बजारमा फरक तरिकाले ब्रान्डिङ तथा प्रवर्द्धन गरिरहेकी छन्।

संसद् भवनभित्र राणासँग हात मिलाउँदै गर्दा प्रधानमन्त्री शाहले ठट्टाको शैलीमा आफ्नो जुत्तातर्फ इसारा गरे। सोही क्रममा उनले गोल्डस्टार जुत्ताकी प्रमुख विदुषी राणासँग हात मिलाउँदै भने- ‘मैले पनि गोल्डस्टार लगाएको छु।’

केही समयदेखि सार्वजनिक कार्यक्रमहरूमा बालेन शाहले लगाउने गरेको सेतो जुत्ताको सामाजिक सञ्जालमा निकै चर्चा चल्ने गरेको छ। बालेनको जुत्ता ब्रान्डबारे अड्कलबाजी भइरहँदा प्रधानमन्त्री शाह आफैँले आफूले लगाएको जुत्ता स्वदेशी उत्पादन अर्थात् 'गोल्डस्टार' ब्रान्डकै भएको खुलाएका हुन्। स्वदेशी उत्पादनको प्रवर्द्धनमा बालेनको यो सदाबहार शैली हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad