कारोबार


इप्पानको २४औँ वार्षिक साधारणसभा र आठौँ महाधिवेशन यही जेठ २९ गते

दुलालको आरोपको खण्डन र भर्त्सना
इप्पानको २४औँ वार्षिक साधारणसभा र आठौँ महाधिवेशन यही जेठ २९ गते

नेपालखबर
जेठ २५, २०८३ सोमबार १२:२३, काठमाडौँ

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को २४औँ वार्षिक साधारणसभा र आठौँ महाधिवेशन यही जे७ २९ गते हुने  भएको छ। 

अध्यक्ष गणेश कार्कीले यसबारे जानकारी दिएका हुन्। उनका अनुसार इप्पानमा हाल ७०० भन्दा बढी कम्पनी सदस्य  छन्।

२०८० जेठ ३२ गते सम्पन्न इप्पानको २१औँ वार्षिक साधारणसभाले भानुभक्त पोखरेल संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरेको र सो समितिले २०८२ जेठ २९ गते विधानको पुनर्लेखन सम्बन्धमा संस्थालाई महासंघको रुपमा रुपान्तरण गर्ने मस्यौदासहितको सुझाव पेस भएको थियो।

सोही समितिको प्रतिवेदनमाथि छलफल गर्दै २०८२ असार ३१ गते सम्पन्न इप्पानको २३औँ वार्षिक साधारणसभाले सोको कार्यान्वयन गर्न संस्थाका अध्यक्षलाई अख्तियारी दिएको थियो। अध्यक्षले उक्त महासंघ बनाउन नसक्ने गरी २०८३ वैशाख ४ गते सम्पन्न २००औँ कार्य समितिको बैठकले इप्पानको विधान २०७८ अनुसार २४औँ वार्षिक साधारणसभा एवं आठौ अधिवेशन गर्ने निर्णय गरेको थियो।

२०८३ जेठ २५ गते सम्पन्न २०३औँ बैठकले इप्पान विधान २०७८ लाई संशोधन गरी आगामी २०८३ जेठ २९ गते हुने २४औँ वार्षिक साधारणसभाका लागि वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्थाको अन्त्य गर्ने र  विधान संशोधन भएपश्चात् एक कार्यकाल कार्य समितिमा रहेका विधानअनुसार योग्य भएका व्यक्ति अध्यक्ष उम्मेदवार हुन पाउने तथा अन्य सबै पदमा खुल्ला रुपमा उम्मेदवारी दिने गरी प्रस्ताव लैजान लागेको उनले जानकारी दिए। 

साथै सर्वसम्मत रुपमा सबै चुनावी प्रक्रियामा सहभागी भई २४औँ वार्षिक साधारणसभा एवं आठौँ अधिवेशन भव्य रुपमा सफल बनाउने निर्णय गरिएको उनको भनाइ छ।

२०८३ वैशाख ४ गते सम्पन्न बैठकले सर्वसम्मतबाट आगामी २४औँ साधारणसभा एवं आठौँ अधिवेशन गर्ने निर्णय कार्यसमितिले गरेको तथा समितिले विधान मस्यौदाबारे सबै व्यक्तिहरु (छलफलको क्रममा औपचारिक रुपमा १५ जना) ले दिएको सुझावसहितको पोखरेल संयोजकत्वको विधान संशोधन तथा पुर्नलेखन मस्यौदा समितिको प्रतिवेदन इप्पान सचिवालयमा सुरक्षित रहेको अवस्थामा इप्पानकै उपमहासचिव रहेका प्रकाशचन्द्र दुलालले सार्वजनिक रुपमा विधान गायब भएको, विधान विपरीत साधारणसभा आयोजना गर्न लागिएको जस्ता अर्नगल र कपोलकल्पित प्रचार गरेकोले यस संस्थाप्रति उक्त कार्यले नकारात्मक सन्देश जाने भएकोले सो को घोर भर्त्सना गरेको पनि उनले बताए।

साथै सम्पूर्ण ऊर्जा व्यवसायीहरुको साझा संस्था इप्पान विधानको परिपालनामा गम्भीर भएकोले यस्ता आरोपहरुको जोडदार खण्डन गर्ने उनको भनाइ छ। आगामी २०८३ जेठ २९ गते कार्यसमितिको निर्णयबमोजिम र वैधानिक रुपमा साधारणसभा एवं आठौँ अधिवेशन आयोजना गर्न लागिएको तथा यसका लागि औपचारिक रुपमा २०८३ जेठ ९ र १० गते सार्वजनिक रुपमा सूचना समेत प्रकाशित गरिसकिएकोले यस्ता अनर्गल प्रचारप्रति भ्रममा नरहन आग्रह गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad