कारोबार


काठमाडौँ महानगरले असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने

काठमाडौँ महानगरले असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने

नेपालखबर
असार ४, २०८३ बिहिबार १७:५१, काठमाडौँ

आगामी आर्थिक वर्षका लागि काठमाडौँ महानगरपालिकाले आन्तरिक आयतर्फ निर्धारित लक्ष्य अनुसारको प्रगति हासिल गर्न तथा राजश्व असुलीलाई प्रभावकारी वनाउन व्यवसाय करमा नयाँ करदाता पहिचान गर्ने, करदातालाई व्यवसाय/कारोबारस्थलमा नै गई समन्वय तथा सहजीकरण गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ।

‘आगामी आर्थिक वर्ष २०८३–८४ मा करको दायरामा नआएका करदाताहरुलाई करको दायरामा ल्याउन असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ,’ बजेटमा भनिएको छ, ‘असोज मसान्तभित्र बक्यौता कर चुक्ता गर्ने करदातालाई जरिवाना मिनाहा दिने कार्यक्रम समेत सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। आवासीय प्रयोजनका लागि बहालमा लगाइएका घरजग्गाको बहाल आम्दानी वार्षिक २ लाख ४० हजारभन्दा कम भएमा ५ प्रतिशत र सो भन्दा बढी बहाल आम्दानी हुने आवासीय प्रयोजनका लागि बहाल कर साविकको १० प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गरिएको छ। साथै करप्रतिको अपनत्व र विश्वास अभिवृद्धि गर्न केही शिर्षकमा सिफारिस दस्तुर निशुल्क गरिएको छ।’ 

कर विश्लेषण र करको दायरा वृद्धि गर्न विज्ञ सहितको सरोकारवाला निकायसँग सहकार्य गर्ने कार्यक्रमहरु प्रस्ताव पनि गरेको छ।

कारदातालाई वस्तुगत संघहरुसँग आवद्ध गरी दायरा फराकिलो बनाउन प्रस्ताव गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad