बोटलर्स नेपाल लिमिटेडको बोर्ड अध्यक्षमा नर्मदेश्वर नारायण सिंह नियुक्त भएका छन्।
गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सिंहलाई सोही दिनदेखि लागू हुने गरी बोर्ड अध्यक्ष नियुक्त गरेको हो।
त्यसैगरी बोटलर्स नेपालको बोर्डबाट सुनिल लोबो (भारत) र करण अचपल (भारत) बाहिरिएका छन् भने दुई नयाँ निर्देशकको ‘इन्ट्री’ भएको छ। मुक्ति हरिहरण (भारत) र पंकज सिंह (भारत) नयाँ निर्देशक नियुक्त भएका छन्।
यसलाई कम्पनीले विशेष अवस्था भनेको छ।
कम्पनीका अनुसार श्रुति चावला (भारत) वैकल्पिक निर्देशक नियुक्त भएकी छिन् भने बोर्डस्तरीय समितिमा पनि हेरफेर गरिएको छ।
150
Shares

प्रतिक्रिया