नेपालमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणसँग जुध्न भन्दै विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ (दश करोड अमेरिकी डलर) ऋण स्वीकृत गरेको छ।
नेपालको वित्तीय क्षमता बढाउन, सुशासन सुधारका लागि विकास नीति ऋण (डीसीपी) स्वीकृत गरेको विश्व बैंकले जनाएको छ।
यो डीपीसीको तीनवटा सिरिजमध्ये दोस्रो खेप हो। मुलुकको विद्युतीय सम्भावनाबाट आर्थिक लाभ लिन गर्नुपर्ने नीतिगत र संस्थागत सुधारका लागियो ऋण प्रयोग गरिनेछ।
यो ऋण तीन चरणमा प्रदान गरिने बैंकले जनाएको छ ।
यसमा नेपाल विद्युत प्राधिकरणको आर्थिक क्षमता वृद्धि गर्न प्रयोग गरिने छ। प्राधिकरणको आर्थिक पारदर्शिता, संरचनागत सुधार गर्ने र जवाफदेही नियामक निकाय बनाउन यो ऋण प्रयोग गरिनेछ।
मुलुकको जलविद्युत स्रोत अधिकतम प्रयोग गर्न र प्राधिकरणको प्रदेश र स्थानीय तहको संचरनाअनुसार संरचनागत सुधारमा पनि यसले सहयोग गर्ने विश्व बैंकले जनाएको छ।
‘अहिलेको संकटको बेला र पछि पुनरुत्थानको अवस्थामा नेपालको विद्युत क्षेत्रको निरन्तर क्षमताअभिवृद्धि गर्न अति महत्वपूर्ण छ,’ नेपालका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जर्भोसले भने, ‘यसले नेपालको लगानीको प्राथमिकतामा ध्यान दिन, सरकारको दिन चाहेको विश्वसनीय, किन्न सक्ने र दिगो विद्युत सुधार र यसले मुलुकको गरिबी घटाउन सहयोग गर्नेछ।’
पछिल्ला वर्षमा नेपालमा ऊर्जा क्षेत्रमा विद्युतको पहुँच वृद्धि हुँदै गएको छ। मुलुकको ८८ प्रतिशतमा विद्युत पहुँच छ। सरकार र निजी क्षेत्रको लगानी रहको विद्युत् क्षेत्रमा नयाँ विद्युत् ऐन संसदमा विचाराधीन अवस्थामा रहेको छ।
Shares

प्रतिक्रिया