कारोबार


काठमाडौँ मेरियट होटेलमा विशेष फुड फेस्टिभल, थाई परिकारको स्वाद लिन पाइने

काठमाडौँ मेरियट होटेलमा विशेष फुड फेस्टिभल, थाई परिकारको स्वाद लिन पाइने

नेपालखबर
असार ३, २०८३ बुधबार १६:३८, काठमाडौँ

काठमाडौं मेरियट होटेलले ‘फ्लेभर्स अफ थाइल्यान्ड’ नामक विशेष फुड फेस्टिभल आयोजना गरेको छ। 

थाई परिकारको वास्तविक स्वाद काठमाडौँमै अनुभव गराउने उद्देश्यसहित विशेष फुड फेस्टिभल आयोजना गरेको होटलले जनाएको छ।

एडामामे रेस्टुरेन्टमा सुरु भएको यो इभेन्ट जुन १५ देखि २५ तारिखसम्म हरेक दिन दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ। फेस्टिभलको पहिलो दिन सञ्चारकर्मी एवम् चर्चित कन्टेन्ट क्रिएटरहरू- किछी भ्लग्स, रोनित श्रेष्ठ, ब्लर डायट र फूडेलिसियसएनपीलाई आमन्त्रण गरी ‘फ्लेभर्स अफ थाइल्यान्ड’को विशेष अनुभव गराइएको थियो।

यस फेस्टिभलको मुख्य आकर्षणका रूपमा सेफ ओन नामले परिचित मेरियट नर्थ पटायाका चर्चित सेफ नत्तावुद रुएङ्सामुत रहेका छन्। थाई, क्यान्टोनिज, इटालियन, फ्रेन्च, जापानीज तथा आधुनिक एसियन फ्युजन खानामा १९ वर्षभन्दा लामो अनुभव हासिल गरेका सेफ ओनले आफ्नो सिर्जनात्मकता र उत्कृष्ट कलिनरी मार्फत अतिथिहरूलाई गुणस्तरीय र प्रामाणिक स्वाद प्रदान गरिरहेका छन्।

फेस्टिभलमा प्रस्तुत मेनुले थाई खानाको परिचित र लोकप्रिय स्वादलाई समेटेको छ। 

अतिथिहरूले सी फुड स्टार्टरदेखि रिच करी र सुगन्धित राईसका परिकारसम्म, विविध स्वादको अनुभव लिन सक्नेछन्। प्ला साल्मन, लब्सटर, टम यम र पाड क्रा पाओ जस्ता विशेष परिकारहरू ताजा हर्ब्स र मसालाको प्रयोगबाट तयार गरिएका छन्, जसले थाई खानाको मौलिक स्वादलाई अझ जीवन्त बनाएको छ। यी परिकारसँगै थाई शैलीबाट प्रेरित विशेष ड्रिंक्सहरू सायम गार्डेन, फुकेट स्पाइस म्युल र थाई टी बोबा क्लाउड पनि उपलब्ध छन्, जसले सम्पूर्ण अनुभवलाई अझ विशेष बनाउने छन्।

यस विशेष फुड फेस्टिभलको एयरलाइन पार्टनरका रूपमा ‘स्मुथ अस सिल्क’ स्लोगानका लागि परिचित थाई एअरवेज रहेको छ, जसले थाई अनुभवलाई अझ प्रामाणिक बनाएको छ।

‘फ्लेभर्स अफ थाइल्यान्ड’ले थाइल्याण्डको जीवन्त सडक संस्कृति र समृद्ध कलिनरी परम्परालाई काठमाडौंमै ल्याउने प्रयास गरेको होटलले जनाएको छ। ताजा सामग्री, सशक्त मसला र परम्परागत पाक विधिको संयोजन मार्फत प्रत्येक परिकारले थाई खानाको आफ्नै कथा प्रस्तुत गर्दछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad