कारोबार


विश्व प्रसिद्ध लिङलङ टायर नेपाली बजारमा

विश्व प्रसिद्ध लिङलङ टायर नेपाली बजारमा

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ११:४१,

विश्व प्रसिद्ध कम्पनी लिङलङ ब्रान्डका टायर नेपाली बजारमा भित्रिएका छन्। नेपालका लागि आधिकारिक वितरकको रुपमा डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले लिङलङ टायर बिक्री–वितरण गर्ने भएको छ।

सोमबार एक कार्यक्रमका बीच सो टायरको औपचारिक रुपमा उद्घाटन गरिएको छ। केही महिना पहिले नै डेल्टा डिष्ट्रिब्युटर्स आधिकारिक वितरकको रुपमा तोकिएको भए तापनि लकडाउनका कारण हाल टायर नेपाल आइपुगेको हो।

सन् १९७५ मा स्थापित सान्डोङ लिङलङ टायर कम्पनी लिमिटेड चीनको अत्यधिक टायर उत्पादन गर्ने कम्पनी मध्ये एक हो। चीन र थाइल्यान्डमा यसका उत्पादन प्लान्टहरु रहेका छन्। विश्वका १ सय ८० देशहरुमा यी टायर बिक्री–वितरण हुन्छन्। विश्वमा अत्यधिक बिक्री हुने १० टायर कम्पनी मध्ये लिङलङ पनि पर्छ।

डेल्टा डिस्ट्रिब्युटर्सले पहिलो चरणमा कार तथा ट्रक बस सेगमेन्टमा प्रयोग हुने टायर बिक्री–वितरण गर्ने जानकारी निर्देशक बिक्रम सिंघानियाले दिए। नेपाली सडक सुहाउँदो टायर भएकाले यसले राम्रो बजार हिस्सा लिने विश्वास लिइएको निर्देशक सिंघानियाले बताए।

103642411_2643186152606688_4574151314644220588_n.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad