कारोबार


राष्ट्रिय गौरवका आयोजनालाई स्रोत जुटाउनै कठिनः अर्थमन्त्री

राष्ट्रिय गौरवका आयोजनालाई स्रोत जुटाउनै कठिनः अर्थमन्त्री

नेपालखबर
साउन १४, २०७७ बुधबार १२:३५,

अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक स्रोतबाट सञ्चालित राष्ट्रिय गौरबका आयोजना अगाडि बढाउन वित्तिय चुनौती रहेको बताएका छन्।

वैदेशिक सहायता प्राप्त नहुने र आन्तरिक स्रोतबाट जुटाउनुपर्ने आधा दर्जन बढी गौरवका आयोजना अगाडि बढाउन वित्तिय चुनौती रहेको अर्थमन्त्री खतिवडाले बताएका हुन् 

संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको छलफलमा खतिवडाले आफ्नै स्रोतबाट निर्माण सुरु गरिएका आयोजनामा स्रोत जुटाउन कठिन भएको बताए। दातृ निकायहरुले लागत उठ्न लामो समय लाग्ने आयोजनाहरुमा लगानी नगर्ने भएकाले बजेट नहुने उनले बताए। अर्थमन्त्री डा. खतिवडाले सञ्चालनमा रहेका आयोजनाहरुमा कोभिडका कारण बजेट भने अभाव हुन नदिने बताए। अन्य क्षेत्रबाट भएपनि स्रोत व्यवस्थापन गरेर व्यवस्थापन गरिने उनले बताए।

अर्थमन्त्री डा. खतिवडाले विदेशी सहायता आश्रित केही आयोजनाहरुमा समस्या हुने गरेको समेत बताएका छन्। उनीहरुले राख्ने गरेका सर्तहरु पुरा गर्न सक्ने अवस्था सधैँ नहुने भएकाले केही आयोजनाहरु कार्यान्वयनमा ढिलाइ हुने गरेको उनले बताए।

डा. खतिवडाले एमसीसी अनुमोदनको विषय संसदमा विचाराधिन रहेकाले एमसीए नेपाल अन्तरर्गतको काम प्रभावित भएको बताए। सरकारले अहिले आफ्नो खर्चले स्थानीय आवश्यक खर्च गरिरहेको भएपनि दाताले दिने रकमको टुंगो नभएको बताए। विदेशी सहायताका विषयहरुमा गम्भीर छलफल गरी अगाडि बढाउनुपर्ने उनले बताए।

एमसीसीको विषयमा अनुमोदन गर्ने नगर्ने विषयमा चाँडो निर्णय गरी अगाडि बढ्नुपर्ने उनले बताए। एमसीसी अनुमोदन नभए सरकारले अन्य स्रोतबाट आयोजना अगाडि बढाउने उनले बताए।

एमसीसी परियोजनाको सहयोगमा सरकारले लप्सीफेदी-रातामाटे-हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माणको योजना अगाडि बढाएको छ। एमसीसी संसदबाट अनुमोदन नभए सरकारले अन्य स्रोतबाट पुरा गर्ने यसअघि नै बताइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad